काठमाडौं । अभिनेत्री निरुता सिंह भारतीय रियलिटी शो ‘इन्डियन आइडल’को सेटमा पुगेकी छन् । लामो समयदेखि मुम्बईमा रहँदै आएकी अभिनेत्री सिंहले विहीबार आफ्नो फेसबुकमा भिडियो पोष्ट गर्दै इन्डियन आइडलको सेटमा पुगेको जानकारी गराएकी हुन् ।
अभिनेत्री सिंहले भिडियोको क्याप्शन दिदै इन्डियन आइडल शोको सेटमा राम्रो समय विताएको उल्लेख गरेकी छन् । साथै उनले गायक आदित्य नारायणलाई धन्यबाद दिदै भनेकी छन् ‘आई ह्याड अ ग्रेट टाइम एट इन्डियन आइडल सेट । थ्याङ्क्यु सो मच माई डार्लिङ आदि.. ।’
त्यस्तै आदित्य नारायण र दीपा नारायण झाको नाम उल्लेख गर्दै अभिनेत्री सिंहले लभको इमोजीको दिएकी छन् ।
विगत लामो समयदेखि मुम्बईमा रहँदै आएकी अभिनेत्री सिंहले अनमोल केसी स्टारर् ‘क्याप्टेन’बाट कमब्याक गरेकी छन् । पछिल्लो समय उनको फिल्म ‘दाल भात तरकारी’ दर्शकमाझ रिलिजमा आएको थियो ।
अभिनेत्री सिंहले ठूल्दाई, अजम्बरी नाता, दर्पण छायाँ, माइतीलगाएत चर्चित फिल्ममा अभिनय गरेकी छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।
