काठमाडौं । अभिनेता कार्तिक आर्यनको लभ लाइफ टक अफ द टाउन बनिसकेको छ । उनको रिलेशनसीपको समाचार चर्चामा छ । अहिलेसम्म उनको नाम अभिनेत्रीद्वय सारा अली खान र अनन्या पाण्डेसँग जोडिइसकेको छ ।
यसैबीच अर्की अभिनेत्री करिना कपुर खानको रेडियो शोमा अभिनेता कार्तिकले आफ्नो लिंकअप्सको बारेमा बताएका छन् । यस शोमा करिनाले कार्तिक आर्यनलाई कोसँग रिलेशनमा छौं ? भनेर प्रश्न गरेकी थिइन् ।
जवाफमा कार्तिकले भने–‘म आफै जान्न चाहन्छु कि, लाइफमा मैले के गरिरहेको छु । म कफीका लागि जाने गर्दछु, जहाँ अरु पनि जाने गर्दछन् । जतिपटक म कफी खानका लागि निस्कन्छु, त्यतिपटक मिडियाले मेरो गर्लफ्रेण्डनै परिवर्तन गरिदिन्छन् ।’
उनले फेरि भने–‘कहिले काँही मेरो ममीले पनि प्रश्न गर्नुहुन्छ, कुन चाँहीलाई डेट गरिरहेका छौं ? भनेर । म आफैलाई थाहा छैन कि, के भइरहेको छ भनेर । यस्तो किन लेखिन्छ ? मैले अमर मायामा विश्वास गर्छु ।’
वर्कफ्रन्टको कुरा गर्नुपर्दा कार्तिक आर्यनको फिल्म ‘पति पत्नी और वो’ ६ डिसेम्बरबाट दर्शकमाझ रिलिजमा आइसकेको छ ।
फिल्ममा अनन्या पाण्डे र भूमि पेड्नेकर पनि मुख्य भूमिकामा छन् । फिल्मलाई मुदस्सर अजिजले निर्देशन गरेका हुन् । फिल्मले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ ।
अहिलेको समय कार्तिक आर्यन करण जोहरको फिल्म ‘दोस्ताना’को सुटिङमा ब्यस्त छन् । केही समय पहिले उनले पञ्जाव सेड्युअलको सुटिङ पूरा गरेका छन् । यो फिल्ममा उनको अपोजिटमा जान्हवी कपुर रहेकी छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।
