काठमाडौं । ‘चपली हाइट’फेम अभिनेत्री विनिता बरालले छोरीलाई जन्म दिएकी छन् । अमेरिकामा रहँदै आएकी विनिताले सोसल मिडिया फेसबुक मार्फत छोरीलाई जन्म दिएकी बताएकी हुन् ।
अध्ययनका लागि भन्दै अमेरिका हानिएकी विनिताले केही महिना अघि मात्रै तिलक पौडेलसँग विवाह गरेकी थिइन् । अभिनेत्री बरालले आफ्नो छोरीको नाम ‘काया’ राखेकी छन् ।
विनिता बरालले डेब्यु फिल्म ‘चपली हाइट’बाट राम्रो चर्चा पाएकी थिइन् । तर, उनी अभिनित ‘सुपरहिट’ लगाएत फिल्मले खासै चर्चा पाउन सकेन । यसरी नेपाली फिल्ममा काम गर्दा गर्दै उनी अध्ययनका लागि भन्दै अमेरिका गएकी थिइन् ।
अमेरिकामा रहँदै उनले उपन्यास ‘जुइनो’ पनि सार्वजनिक गरेकी थिइन् ।
तस्वीर : अभिनेत्री विनिता बरालको फेसबुक वालबाट
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।