काठमाडौं,९ पुष । गायक रामकृष्ण ढकाल र पत्नी निलम शाहबीच बुधबार सम्बन्धविच्छेद भएको छ । यो खबरले गायक ढकाललाई रुचाउने दर्शक र स्रोत चिन्तित भएका छन् ।
सम्बन्धविच्छेदपछि ढकालले आफ्नो सामाजिक संजाल फेसबुकमा अरुले जे सोच पनि पत्नी र उनको सम्बन्ध कहीले पनि नर्मने स्टाटस लेखेका छन् । ढकालकी श्रीमती शाहले मंगलबार सम्वन्धविच्छेदको लागि अदालतमा निवेदन दिएपछि बुधवार जिल्ला अदालत काठमाडौंमा उनीहरुको सम्बन्धविच्छेद भएको हो।
ढकाल र शाहको सम्वन्धविच्छेदको निर्णय जिल्ला अदालतका न्यायाधीश विदुर कोइरालाको इजलासले सुनाएको हाे। श्रीमतीले ढकालसँग अंश नलिने सहमती समेत गरेकी छन् । गायक ढकाल र शाहबीच २०५९ मंसिर १४ गते प्रेम विवाह भएको थियो । उनीहरुको एक छोरी पनि छिन् । अब छोरी आमासंग बस्ने भएकी छन् ।
मुलुकी देवानी संहिता, २०७४ ले पति तथा पत्नी दुवैले चाहेमा जहिलेसुकै पनि सम्वन्ध विच्छेद गर्न सक्ने व्यवस्थाअनुसार दुवैको सहमतिमा ढकाल र शाहकाे सम्बन्ध विच्छेद भएको हो।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।