काठमाडौं । भारतीय चर्चित गायिका आशा भोस्ले काठमाडौं आइपुगेकी छन् । उनी साधना कला केन्द्रको निमन्त्रणमा बुधबार दिउँसो ४ः३० बजे काठमाडौं आइपुगेकी हुन् ।
गायिका भोस्लेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । उनले शनिबार संगीतकार रणजित गजमेरको केही गीतहरु प्रस्तुत गर्ने केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी गराएका छन् ।
उक्त कार्यक्रममा गायिका भोस्लेसँगै ३५ जना नेपाली कलाकारहरुले पनि प्रस्तुति दिने बताइएको छ । यसै अवसरमा गायिका भोस्लेले पोखरा, मुक्तिनाथ, लुम्बिनी लगाएतको स्थानमा पनि भ्रमण गर्ने जनाइएको छ ।
गायिका भोस्लेले गैरी खेतको सिरै हान्यो, म प्यार बेचिदिन्छु, प्राण भन्दा प्यारो माइती घर, नयाँ–नयाँ सजाऔं है सन्सार, मोहनी लाग्ला है लगाएतका कयौं नेपाली गीतहरुमा आवाज दिइसकेकी छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।