काठमाडौं,९ पुष । गायक रामकृष्ण ढकाल र पत्नी निलम शाहबीच सम्बन्धविच्छेद भएको छ । शाहले मंगलबार सम्बन्धविच्छेदका लागि अदालतमा निवेदन दिएपछि उनीहरुबीचको दशक लामो सम्बन्ध टुटेको हो ।
बुधबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश विदुर कोइरालाकाे एकल इजलासले ढकाल र शाहको सम्बन्धविच्छेदको मुद्दा टुंग्याएको हाे । शाहले ढकालबाट कुनै पनि अंश नलिने सहमति भएको समेत बताइएकाे छ ।
ढकाल र शाहको सम्बन्धविच्छेदपछि छोरी आमासँगै बस्ने भएकी छन् । ढकाल र शाहबीच प्रेम विवाह भएको थियो ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।
