
काठमाडौं, ९ पुस । भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूमि समेटेको चर्चा चलेसँगै ‘लिपुलेक हाम्रै हो, कालापानी हाम्रै हो’ बोलको देशभक्ति गीत सार्वजनिक भएको छ ।
भारतले जारी गरेको राजनीतिक नयाँ नक्सामा नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा पनि समावेश गरिएपछि नेपालमा चर्को विरोध हुँदै आएको छ ।
ब्रिकम कुवाँरको शब्द संगीतमा रहेको उक्त गीतले मिचिएको सीमा फिर्ता गर्न सबै नेपाली एकसाथ जुटौँ भन्ने सन्देश दिन खोजेको छ ।
गीतमा गायीक मान्डवि त्रिपाठी र गायक ब्रिकम कुवाँर र अंकित न्यौपानेले स्वर दिएका छन् । दिपक जोशिको सम्पादन रहेको यस गीतमा विपिन आर्चयको एरेन्ज रहेको छ ।
भिडियो
[embedded content]यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।