काठमाडौं । बलिउडका सुपरस्टार सलमान खानको फिल्म ‘दबंग–३’ दर्शकमाझ रिलिजमा आएको चारदिन भइसकेको छ । ‘दबंग–३’ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ ।

पछिल्लो केहीसमय यता भारतमा सीएए र एनआरसीलाई लिएर चर्को विरोध भइरहेको छ, जसको बाबजुद पनि सलमानको ‘दबंग–३’ले बक्स अफिसमा राम्रो कलेक्शन गरिरहेको छ । एक साता नपुग्दै सलमानको फिल्मले ९० करोडको हाराहारीमा बक्स अफिस कलेक्शन गरिसकेको छ ।
बक्स अफिस इन्डिया डट कमका अनुसार ‘दबंग–३’ले सोमबारका दिन ९ देखि १० करोडको हाराहारीमा कलेक्शन गरेको छ ।
अहिलेसम्ममा सलमान खान, किच्चा सुदीप, सोनाक्षी सिन्हा, सई मञ्जरेकर लगाएतको मुख्य भूमिका रहेको यो फिल्मले ८९.१५ करोडको आँकडा पार गरिसकेको छ ।
‘दबंग–३’ले पहिलो दिन (शुक्रबार) २४.५० करोड, शनिबार २४.७५ करोड र आइतबार ३१.९० करोडको व्यापार गरेको छ । फिल्मको सलमान खानको चुलबुल पाण्डे भूमिकालाई दर्शकहरुले खुब रुचाइरहेका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।