काठमाडौं । कलाकार कुशल पञ्जावीले सुसाइड गरेका छन् । कुशलले सुसाइड नोट लेखेर आफ्नै कोठामा भुण्डिएर सुसाइड गरेका हुन् ।
कुशलको शबसँगै भेटिएको सुसाइड नोटमा आफ्नो नाममा रहेको सारा सम्पति छोरा, बहिनी र आमा–बुबाको नाममा गरिदिएका छन् । कुशलले अंग्रेजीमा सुसाइड नोट लेखेका छन्, जहाँ उनको ५० प्रतिशत सम्पति बुबा–आमा र बहिनीले बराबरी बाँड्न र बाँकी ५० प्रतिशत सम्पति तीन वर्षीय छोरालाई दिनु’ भनेर उल्लेख गरिएको छ ।
यस सुसाइड नोटलाई डिसीपी परमजित सिंह दहियाले कम्फर्म गर्दै भने–‘हो, यो सुसाइड केस हो । उनका बुबा–आमाले दिउँसोदेखि कुशललाई सम्पर्क गर्न कोशिस गरिरहेका थिए । तर कुशलको फोन उठिरहेको थिएन ।’
उनले थपे, ‘उनीहरुले राति अबेरसम्म पर्खेका थिए, तर कुशलको तर्फबाट कुनै रेस्पोन्स आएन । यसैबीच उनीहरु राति १०ः३० बजे कुशलको विल्डिङमा पुगे । त्यसपछि ढोका ढकढक्याउँदा ढोका खुलेन । ढोका फोडेर भित्र छिर्दा कुशल पंखामा झुण्डिरहेका अवस्थामा भेटिए ।’
अहिले कुशलको शबलाई पोस्टमार्टमका लागि पठाइएको छ । सुसाइड नोटको उजुरी दर्ता गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
कुशल पञ्जावीले नोभेम्वर २०१५ मा युरोपियन गर्लफ्रेण्ड अउ्ड्रे डोल्हेनसँग विवाह गरेका थिए । विहेपछि उनीहरुको जीवनमा केही समस्याहरु उत्पन्न भइरहेको थियो, जसको कारण कुशलले सुसाइड गरेको आशंका गरिएको छ ।
जानकारी अनुसार कुशल केही समय अघिदेखि डिप्रेशनमा थिए । उनको तीन वर्षीय छोरा छन्, कियन । छोरा कियनसँग कुशलको बोन्डिङ निकै स्पेशल थियो ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।