काठमाडौं । बलिउडका सुपरस्टार सलमान खानको फिल्म ‘दबंग–३’ दर्शकमाझ रिलिजमा आएको एक साता पूरा भएको छ । सलमान खानसँगै सुदीप किच्चा, सोनाक्षी सिन्हा, सई मञ्जरेकरलगाएतको मुख्य भूमिका रहेको ‘दबंग–३’ले दर्शकहरुको राम्रो साथ पाइरहेको छ ।
भारतभर सीएए र एनआरसीको प्रदर्शन जारी छ, जसको कारण ‘दबंग–३’को कमाईमा केही असर परेपनि बक्स अफिसमा आशा जनक कमाई गरिरहेको बताइएको छ । बक्स अफिस इन्डियाको वेबसाइट अनुसार ‘दबंग–३’ले गत विहीबारका दिन ७ करोड भन्दा बढीको ब्यापार गरेको छ ।
एक सातामै सलमान खानको ‘दबंग–३’ले १२६ करोड भन्दा बढीको व्यापार गरिसकेको छ । फिल्म समिक्षक तरण आदर्शका अनुसार फिल्मले १२६ करोड भन्दा बढीको व्यापार गरिसकेको छ । फिल्म समिक्षक तरण आदर्शका अनुसार ‘दबंग–३’ले पहिलो दिन (शुक्रबार) २४.५० करोडको कलेक्शन गरेको थियो ।
त्यस्तै दोस्रो दिन (शनिबार) २४.७५ करोड, तेस्रो दिन (आइतबार) ३१.९० करोड, चौथो दिन (सोमबार) दश करोड, पाँचौं दिन (मंगलबार) १२ करोड, छैटौं दिन (बुधबार) १५.५० करोडको व्यापार गर्न गर्न सफल बनेको छ ।
नागरिकता संशोधन कानूको विरोध प्रदर्शनका कारण नयाँ दिल्ली र युपीमा भने ‘दबंग–३’ले बक्स अफिसमा राम्रो कलेक्शन गर्न सकेन । जानकारी अनुसार ‘दबंग–३’को कुल बजेट १०० करोड बताइएको छ ।
सलमान खानको ‘दबंग–३’ले बक्स अफिसमा राम्रो कलेक्शन गरिरहेको समयमा यो साताबाट अक्षय कुमार र करिना कपुर खानको फिल्म ‘गुड न्यूज’ पनि दर्शकमाझ रिलिजमा आएको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।