काठमाडौं । यो बर्षको ‘मिस्टर नेपाल’को उपाधि डा.सन्तोष उपाध्यायले जितेका छन्। अन्नपूर्ण होटलमा बिहिबार आयोजना भएको ‘मिष्टर नेपाल २०१९’को फाइनल प्रतिस्पर्धामा २१ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि चुमेका हुन् । उनले मुख्य उपाधिसँगै मिस्टर ट्यालेन्ट, मिस्टर फोटोजेनिकको उपाधि समेत जितेका छन्।
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगंज क्याम्पसबाट एमबिबिएस सकेका डा. उपाध्याय हाल कमलबजार अछाममा मेडिकल अफिसरको रुपमा कार्यरत छन्। एक्सपोज नेपालको आयोजनामा भएको प्रतिस्पर्धामा उपाध्यायले उपाधिसहित मोटरबाइक, नगद २५ हजारको साथमा बिभिन्न गिफ्ट ह्याम्पर समेत प्राप्त गरे ।
प्रतियोगितामा काठमाडौ, पोखरा, बिराटनगर, लगायत देशका प्रमुख शहरको अडिसनबाट छानिएका २२ प्रतियोगी सहभागी भएका थिए । सन्तोषले अब मिस्टर वर्ल्डको लागि तयारी गर्ने छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।