एजेन्सी । बलिउडकी अभिनेत्री दीपिका पादुकोण मंगलाबार दिल्लीकाे जवाहरलाल नेहरु विश्वविद्यालयमा प्रदर्शन गरिरहेका विद्यार्थीमाझ पुगिन् ।
पादुकोण करिब साढे सात बजे विश्वविद्यालयको परिसरभित्र पुगेकी थिइन् । उनले आइतबार राति नकाबधारी समूहको आक्रमणमा परि घाइते भएका विद्यार्थीहरुलाई भेटिन्। घाइते भएकी जेएनुन छात्रसंघकी अध्यक्ष आइशी घोषसंगै अन्य विद्यार्थीहरुसंग पनि उनले भेटेघाट गरिन् ।
दीपिकाले उक्त क्षेत्रमा पुगेर सम्बोधन नगरेपनि सामजिक मिडियामा भाइरल भइरहेको फोटोले एक सन्देश दिएको बीबीसीमा उल्लेख छ। पादुकोण उक्त क्षेत्रमा उपस्थित भएकाे फाेटा बाहिरीएपछि कतिपय दर्शकले उनको फिल्म ‘छपाक’ हेर्न नजाने भन्दै सामाजिक संजालमा लेखेका छन् ।
पादुकोणको फिल्म प्रमोशनका लागि भन्ने विषयमा सामाजिक संजालमा बहस भइरहेको छ।दीपिकाले अभिनय गरेको फिल्म ‘छपाकु’ शुक्रबारबाट प्रदर्शनमा आउँदैछ। उनी फिल्मको निर्मातासमेत छिन् ।
जेएनयूमा नकाबधारीहरुको हमलाबाट जेएनयू छात्र संघका अध्यक्षसहित १८ जना घाइते भएका थिए। जेएनयूभित्र भाला र लाठी बोकेका ५० भन्दा बढी नकाबधारी छिरेको जनाइएको छ। नकाबधारीले अन्धाधुन्ध आक्रमण गरेपछि घाइते भएका विद्यार्थीहरुलाई सातवटा एम्बुलेन्सबाट अस्पताल पुर्याएको थियो ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।