काठमाडौं, १६ फागुन । सौन्दर्य ब्रान्ड स्पिन्जले आयोजना गरेको ‘स्पिन्ज एक्टिभ गर्ल–२०२०’ प्रतियोगिता सम्पन्न भएकाे छ । अन्तिम चरणको प्रतियोगितामा काठमाडौंका १६ कलेजले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितामा १० हजार विद्यार्थी सहभागी थिए । प्रतिस्पर्धामा प्रत्येक कलेजबाट एक जनालाई विजेता छनोट गरी अन्तिम चरणको प्रतियोगितामा प्रतिस्पर्धा गराइएको थियो । प्रतिस्पर्धीहरुलाई उनीहरुको जीवनप्रतिको दृष्टिकोण र उनीहरुको सक्रिय परिणामका आधारमा मुल्यांकन गरिएको थियो ।
उक्त प्रतियाेगितामा टेक्सास इन्टरनेशनल कलेजकी छात्रा निरुता श्रेष्ठलाई स्पिन्ज एक्टिभ गर्ल २०२० घोषणा गरिएको थियो । प्रतियोगिताले ‘नारीको साहसप्रतिको स्वतन्त्र भावना र प्रेमको उत्सव’ लाई स्पिन्जले आफ्नो अडान बनाउँदै आएको छ ।
हिमालयन व्हाट हाउस कलेजकी छात्रा प्रियंका मण्डलले प्रतियोगिताको द्वितीय स्थान र शुभश्री कलेजकी छात्रा कोमल ढकालले तृतीय स्थान हासिल गरेका थिए । उपाधि विजेताहरुलाई पूर्व मिस नेपाल वर्ल्ड सदिक्षा श्रेष्ठले पुरस्कार प्रदान गरेकी थिइन् ।
स्पिन्जको वास्तविक भावनालाई आत्मसात् गर्ने नेपाली सफल महिलाहरुको सम्मान स्वरुप स्पिन्ज एक्टिभ गर्ल २०२०को फिनालेमा एसियन गेम्स २०१९ का विजेता महिलाहरुलाई पुरस्कृत पनि गरिएको थियो ।
सो कार्यक्रममा उसु तर्फकी खेलाडी निमा घर्ति मगर, तेक्वान्दोतर्फकी संगीता बस्याल, जुडोकी पुनम श्रेष्ठ, कराँतेकी अनु अधिकारी र भारोत्तोलनकी सञ्जु चौधरीलाई सम्मान गरिएको थियो ।
सौन्दर्य एवं सौन्दर्यका उत्पादनहरु जस्तै डियोडोर्यान्ट्स, पर्फ्युम्स, दद क्रिम, दद टाल्क र विविध टाल्कम पाउडरहरुको संग्रहमार्फत् स्पिन्ज सबैलाई सर्बोपरी छनोटहरु उपलब्ध हुने र नारी सौन्दर्य एवं सुगन्ध समूहका उत्पादनहरुको दायरामा सबैभन्दा छिटो बिक्री हुने उत्पादन बन्न सफल भएको छ ।
स्पिन्ज डियोडोर्यान्ट नौ प्रकारका भिन्न सुगन्धमा उपलब्ध छ जसले २४ घण्टासम्म नै सुगन्ध र ताजगीको अनुभूति प्रदान गरिरहन्छ जसले गर्दा स्पिन्ज एक्टिभ गर्ल आफ्नो जीवन निष्फिक्री भएर जिउन सक्ने जनाइएको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।