काठमाडौं, १२ फागुन । अभिनेता अनमोल केसीले फिल्म ‘पारस’को कथा मन पराएका छन् । निर्देशक माधव वाग्लेको निर्देशनमा बन्न लागेको फिल्म ‘पारस’को कथालाई भूवन र अनमोल दुबैले मन पराएको बताइएको छ।
अभिनेता केसीले कथा मन मराएपनि विविध कारणले उनी फिल्ममा काम गर्न तयार भने नभएको जनाइएको छ । प्रदिप भारद्धाजको लेखन रहेको यो फिल्मको अफर अनमोलसम्म केही समय अगाडिनै पुगेको थियो । भूवन र माधवबीच फिल्म निर्माणको विषयमा छलफल चलिरहेको छ ।
अनमोल भने करिब एक बर्षको विश्रामपछि नयाँ फिल्म ‘ए मेरो हजुर ४’को छायांकनको तयारीमा छन् । यो फिल्मको छायांकन शुक्रबारदेखि सुरु हुने जनाइको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।