काठमाडौं, १० फागुन । महाशिवरात्रिको अवसरमा दर्शकमाझ रिलिजमा आएको फिल्म ‘सेन्टी भाइरस’ले सुखद् ओपनिङ गरेको छ ।
निर्माण पक्षले सार्वजनिक गरेको बक्स अफिस आँकडा अनुसार फिल्मले शुक्रबार १.१२ करोडको व्यापार गर्दै सुखद् ओपनिङ गरेको हो ।
फिल्मले राजधानीभित्र ५९ लाखको बक्स अफिस कलेक्शन गरेको छ । त्यस्तै राजधानी बाहिर ५३ लाखको व्यापार गरेको निर्माण पक्षले जानकारी गराएको छ ।
फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । यो फिल्ममा सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), दयाहाङ राई, विल्सन विक्रम राई, राजाराम पौडेल, सन्दीप क्षेत्रीलगाएत मुख्य भूमिकामा छन् ।
यो फिल्मको कुल नाफाको पचास प्रतिशत रकम जनस्तरबाट निर्माण भइरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’लाई प्रदान गरिने धुर्मुस सुन्तलीले घोषणा गरेका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।