- भगतराम थारु
नेपालगन्ज, १४ साउन । नवकलाकार तथा मोडेल सुमित्रा गिरी बर्दियाको पचासीमा जन्मिएकी हुन । आमाबुबाको सपना र आफ्नो बाल्यकालको सपना थियो कलाकारितामा क्षेत्रमा जम्ने त्यसैले कलाकारिता क्षेत्रलाई सानैदेखि रुचिका साथ निरन्तरता दिने योजनालाई अगाडी बढाएको मोडेल गिरीले अभिव्यक्ति छ ।
कलाकार तथा मोडेल सुमित्रा गिरी कलाकारिता क्षेत्रमा रमाइरहेकी छिन । बिगत ४ बर्ष देखि कलाकारिता क्षेत्रमा लागेकी उनी दर्शकमाझ आफुलाई अब्बल बनाउनका लागि निरन्तर कडा मेहनत, परिश्रम गरेर करियर बनाउने र आफ्नो जीवनकाल बिताउने गिरीको सोच रहेको छ ।
सुरुवातमा केहि समस्या भएता पनि आफूले यो क्षेत्रबाट कहिले पनि अस्ताउदिन जस्तोसुकै समस्या आएपनि आफू सधैं अभिनय गर्न जहिले जस्तोसुकै अवस्थामा पनि कलाकारितालाई नै निरन्तरता दिने उनको सोच छ । प्रतिस्पर्धात्मक युग भएकाले आफू जमेर काम गर्ने छु आफ्नो बाल्यकाल देखिको सपना कलाकार बन्ने थियो यसलाई पुरा गर्नेछु उनी भन्छिन् । जसले गर्दा त्यो सपनालाई पुरा गर्नका लागि जस्तोसुकै बाधा ब्यवधानलाई ब्यवस्थापन गर्दै अगाडि लम्किरहकी छु, उनी भन्छिन् ।
कला क्षेत्रमा काम गर्नका लागि घर परिवारबाट राम्रो सहयोग पाएकोमा गर्व गर्ने उनी अहिले जेएस डान्स क्लब हवल्दारपुरको प्रशिक्षकको रुपमा पनि कार्यरत छिन् । सो क्लबका सस्थापक जग्दिश सोनी रहेका छन् । । आफ्नो सपना पनि त्यहि भएको अनि घर परिवारको पनि सहमति भएकोले यो क्षेत्रमा काम गर्न सहज वातावरण सिर्जना भएको महशुस गरिरहेको उनी बिगत देखिको लगन र मेहनतले आफू अभिनय गर्न पाउँदा खुशी रहेको बताउछिन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।