काठमाडौं, १ कात्तिक । नेपालीहरुको महान पर्व बडादशैं नजिकिरहेको अवस्थामा हाँस्यकलाकार हरिबंश आचार्यले दशैं दशा हुने सक्नेतर्फ विशेष सतर्क रहन आग्रह गर्नुभएको छ ।
कलाकार आचार्यले एक कार्यक्रममा भर्चुअल कुराकानी गर्दै कोरोना संक्रमणबाट आफू मात्रै नभई अरुलाई पनि बचाउनु आफ्नो दायित्व सम्झन आग्रह गर्नुभएको हो ।
कोरोना पुष्टि भएपछि होम आइसोलेशनमा रहनुभएका कलाकार आचार्यले कोरोनाबाट बच्नका लागि आ–आफ्नै घरमा बसेर दशैं मनाउन सबैलाई आग्रह गर्नुभएको छ ।
यसका साथै उहाँले यो वर्षको दशैंमा आफू टीका थाप्न कसैको घरमा नजाने र आफ्नो घरमा पनि कोही नहाउन आग्रह पनि गर्नुभएको छ ।
उहाँले यो वर्षको दसैंलाई ‘बाँच्ने उत्साह’को रुपमा लिन आग्रह गर्दै दशैं अर्को वर्ष पनि आउने र भगवान हामीसँगै रहने बताउनुभएको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।