काठमाडौं, ३ कात्तिक । नायक पल शाह र रियाशा दाहालको अभिनय रहेको ‘माछि भुल्यो’ लोक दोहोरी गीत सार्वजनिक भएको छ । गीतमा गायक तथा सर्जक प्रवान जे र भारतीय गायिका दिपशिखा मिश्रको स्वर रहेको छ ।
नायक पल शाहको काँठे गीतमा अभिनय गरेको यो पहिलो पटक हो भने भारितिय गायीका दिपशिखाले पनि पहिलो पटक लोक दोहोरी गीतमा आफ्नो आवाज दिएकी हुन् ।
भिडियोको निर्देशन प्रभावन जे, छायाँकन ज्ञानेन्द्र शर्मा हुँमागाई, कास्टिङ निर्देशन राजाराम गौतम, करियोग्राफ सन्तोष राजवाहक, सम्पादन डिन्शन शाह, श्रृगार सरिता प्रजापति, निर्माण व्यवस्थापक विवेक चौलागाई, निर्माण नियन्त्रक श्याम धितालको रहेको छ ।
प्रभावन जे को शब्द रहेको गीतमा एरेन्ज जिवन वडुको रहेको छ । गीतको भिडियो डिएआर मुभिज एण्ड फिल्म ईन्डस्ट्रिको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।
[embedded content]
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।