- इन्दिरा चाम्लिग
ब्रसेल्स, २६ कात्तिक । प्रवासमा बसेर पनि नेपाली भाषा, साहित्य र संस्कृतिको श्रीबृद्दीको निम्ती अहोरात्र खटिरहेकी नारी हस्ताक्षर यशु थापाको दोस्रो गीति एल्बम ‘बदनाम’सार्वजनिक भएको छ ।बेनेलक्स र यूरोपीयन यूनियनका लागि महामहिम राजदूत लोक बहादुर थापाको हातबाट ब्रसेल्सस्थित नेपाली राजदुतावासमा हिजो बिमोचन गरिएको हो । कोरोना माहामारीको कठीन समयमा पनि सामाजिक दूरी कायम गर्दै निकै सावधानीपूर्वक कार्यक्रम सम्पन्न भएको थियो ।
बेल्जियमलाई कर्मथलो बनाई नेपाली भाषा साहित्यमा कलम चलाइरहनु भएका अग्रज साहित्यकार बिमल गिरीले कोरोना कहरले गर्दा आफू उपस्थित हुन नसकेपनि लामो प्रतिक्रियासहित बधाई र शुभकामना दिनुभएको छ ।
समाजसेवी यशुको मन कमलो छ । कमलो मनबाट प्रस्फुटित शब्दहरूले स्रोताको मन मुटु छुने पक्का छ । मृदुभासी यसुको मन जति सफा र शान्त छ उति सफा र शानदार छन् उनले लेखेका गीतहरू । कसैलाई सहयोग गर्न कहिल्यै कन्जुस्याई नगर्ने यसुले दिलोज्यान दिएर दुःखी पीडितको घाउँमा मलम पट्टी लगाउन लागिपर्छिन् ।
अझैपनि समाजमा नारी हस्ताक्षरलाई सहज रूपमा स्वीकार नगरेको बर्तमानलाई चिर्दै नाम एल्बम पस्कीएकी हुन ।युरोपियन युनियन र बेनेलक्सका राजदुत लोक बहादुर थापाको प्रमुख आतिथ्यतामा अतिथिहरू एनआरएन बेल्जियमका अध्यक्ष चित्र सुबेदी, महासचिव तिर्थ धमला ,गीतकार अर्जुन रत्न भिखारी तथा मोडल बर्षा खड्काको आतिथ्यतामा विमोचन सम्पन्न भएको थियो ।
यूरोपमा दुई दशक यता तिज विशेष गीतहरुमा पनि कलम चलाउने थापाका गीत, गजलहरु राजेश पायल राई, अन्जु पन्त, आनन्द कार्की, लगायत थुप्रै चर्चित गायक गायीकाहरुले गाइसकेका छन् । उनको पहिलो एल्बम “गीतान्जली” २०७३ सालमा सार्वजनिक भएको थियो । विमोचित गजलमा संगीत तथा स्वर राज सागरको छ भने अभिनयमा आयुश रिजाल तथा बर्षा खड्का छन् ।
[embedded content]
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।