एजेन्सी, १६ मंसिर । कालो हरिण शिकार केसमा बलिउड सुपरस्टार सलमान खानलाई आज मंगलवार कोर्टमा हाजिर उपस्थित हुन आदेश दिइएको थियो । तर उनी उपस्थित भएनन् ।जिल्ला अदालत र सत्र जिल्ला न्यायाधीश राघवेंद्र कछवालको अदालतमा सुनवाई स्थगित भएको छ। सलमान खानको फेरि अर्को सुनवाई अदालतमा जनवरी १६ मा हुनेछ।
सलमानले महामारीको प्रकोप भनेर टार्दै उपस्थित हुन छुटको माग गर्दै जिल्ला अदालतमा अर्जी लगाएका थिए । कालो हिरण शिकार केसमा सलमान खानले यस पटक माफी पाएका छन्। कोरोनाका कारण उनलाई आठ महिनामा छैटौँ पटक छोडिएको हो ।
कालो हरिण शिकार केसमा ५ अप्रिल २०१८ मा ट्रायल कोर्टले उनलाई दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाएको थियो ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।