काठमाडौं, १० पुष । साइपल क्रियशनको निर्माणमा बनेको गीत ‘तिम्रो बानी परेछ’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार दधी अधिकारीको शब्द, कल्याण सिंहको संगीत र सनिश श्रेष्ठको स्वर रहेको गीतमा गोपाल रसाइलीको एरेन्ज रहेको छ।
गीतको भिडियोमा पछिल्लो समय म्युजिक भिडियोमा अत्याधिक व्यस्त रहेकी नायिका एलिजा गौतम र स्वयम गायक सनिश श्रेष्ठको अभिनय रहेको छ।
साइपल क्रियसनको अफिसियल युट्युबबाट रिलिज गरिएको भिडियोमा आवेश बज्राचार्यको सिनेमाटोग्राफी र माधव बेलबासेको सम्पादन रहेको छ । युवा निर्देशक प्रहिल कार्कीले भिडियोको निर्देशन गरेका हुन् ।
[embedded content]
आगामी दिनमा साइपल क्रियसनमार्फत चलचित्र, म्युजिक भिडियो, वृतचित्र एवं विज्ञापनको निर्माण गरिनुको साथै छिट्टै नै प्रोडक्सन हाउस र रेकर्डिङ स्टुडियोको सुरुवात गरिने सञ्चालक समेत रहेका गीतकार दधी अधिकारीले जानकारी दिए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।