काठमाडौं, १८ पुस । अभिनेत्री एलिजा गौतम दोस्रो चलचित्रमा भित्रिएकी छन् ।
चलचित्र ‘अनुराग’ बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी अभिनेत्री गौतम दोस्रो चलचित्र देखिने भएकी छन्। निर्देशक दीपक श्रेष्ठको निर्देशनमा बन्न लागेको नयाँ चलचित्रका लागि उनले सम्झौता गरिसकेकी छिन्।
यो चलचित्रमा कलाकारको रुपमा एलिजा गौतम मात्र पक्का भएकी छिन्, भने अन्य कलाकारको टुंगो लागिनसकेको जनाइएको छ। यो चलचित्रमा आफ्नो फरक भूमिका हुने गौतमले बताइन्।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।