काठमाडौं, १९ पुष । ‘तीनपाते’ शीर्षकको म्युजिक भिडियोबाट चर्चा कमाउन सफल कलाकार अनु काफ्ले र कलाकार सागर लम्साल ‘बले’ अभिनित ‘कस्तो लाग्यो तिमीलाई’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
गीतमा स्वर, शब्द तथा संगीत अमेरिकामा बसेर गीत संगीतमा सक्रिय गायक लोक पौडेलको रहेको छ। गीतलाई रुपम सिंह गुरुङले संगीत संयोजन गरेका हुन् ।

नवविवाहित दम्पतिको कथा प्रस्तुत गरिएको म्युजिक भिडियोमा श्रीमानले श्रीमतीप्रति आभार र प्रेम प्रकट गरिएको छ ।
बुद्ध थापाले छायाङ्कन गरेको यस भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन् । कलाकार तथा निर्देशक राज खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो ।
[embedded content]
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।