काठमाडौं, २१ पुष । सामाजिक अभियन्ता एवं निर्माता मनोज कार्कीको नयाँ गीत ‘मुनामदन–२’ को म्युजिक भिडियोको सार्वजनिक भएको छ । गत शनिबार काठमाडौं बानेश्वरस्थित होटेल हङ्गर हबमा एक समारोहबीच उक्त म्युजिक भिडियोको सार्वजनिक गरिएको हो ।
चर्चित गायक जनक बिबश न्यौपाने र चर्चित गायिका रचना रिमालको स्वरमा रहेको गीतमा शब्द तथा संगीत पनि गायक जनक बिबश न्यौपानेकै रहेको छ ।

राजु कार्कीको एरेन्ज रहेको छ। उक्त गीतको भिडियोमा चर्चित नायक आकाश श्रेष्ठ र याङसु श्रेष्ठको सशक्त अभिनय रहेको छ।
नेपाली सुगम संगितमा आफ्नो छुट्टै पहिचान बनाउन सफल निर्देशक जनक सिंहको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायांकन र टेकेन्द्र शाहको सम्पादन र अभि वाग्लेको कोरियोग्राफी रहेको छ।
[embedded content]
मनोज कार्की निर्माता रहेको भिडियोलाई जनक बिबश न्यौपाने युट्युब च्यानलमार्फत सार्बजनिक गरिएको हो ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।