काठमाडौं, १ माघ । नेपाली सांगीतिक छेत्रमा सक्रिय रुपमा लागिपरेकी गायिका डा.रानी शाक्यले आफ्नो सांगीतिक एल्वम ‘ऐना’ आफ्नै युट्युब च्यानल मार्फत लोकार्पण गरेकी छन् ।
एल्वममा अरूण तिवारीको एकल शव्द रचनामा दशवटा अति सुमुधर र जीवन्त एकल तथा युगल गीतहरू समावेश गरिएका छन ।

एल्वम ‘ऐना’मा ‘जीवनभन्दा पर खासमा केही छैन अनि ऐनाभन्दा नजिक पनि कोही छैन, जीवन एउटा अनुभव हो र ऐना यथार्थ’, यही अनुभव र यथार्थबीचको चक्रलाई देखाउने प्रयास गरिएको छ ।
‘ऐना’ एल्बम गायिका डा. रानी शाक्यको सांगितिक यात्रामा एक गहनतम फड्को हो । विशेषतः यो एल्बम जीवनका गीतहरुले भरिएको छ ।
उक्त एल्वममा समावेश गरिएका गीतहरुमा हाँसो, रोदन, बिछोड, संयोग तथा दर्शनका छनक देखिन सक्छ । गायिका रानी शाक्यले आफ्नो कोणबाट गीतमा ज्यान नै दिएकी छिन् ।
[embedded content]
एल्वममा वरिष्ठ संगितकारहरू मधु क्षेत्री, जीवित जल्मी, विक्रम थापा, दीपक शर्मा, नकुल कार्की र दीपक राज गौतमले संगीतबद्ध गरेका छन् ।
हाल अमेरिकाको मेरिल्याण्डमा रहेकी गायिका शाक्यको अहिलेसम्म ५० वटा भन्दा बढी गीतहरु बजारमा आइसकेका छन् । गायिका शाक्यले आधुनिक, डान्सिङ गीत, लभ भर्सनका गीतहरुका साथै चलचित्रको पार्श्र्व गायनमा समेत आफूलाई अब्बल सावित गरिसकेकी छन् ।
यसअघि यसै एल्वमको ‘संसार फेर्न’ गीतबाट ‘नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७७’ मा सर्वोत्कृष्ट गायिकाको अवार्ड हात पारेकी गायिका शाक्य यही पुस १८ मा भएको स्पर्श म्युजिक अवार्डमा ‘ढलक ढलक’ गीतबाट सर्वोत्कृष्ट गायिकाको अवार्ड पाएकी छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।