काठमाडौं, १ माघ । आफ्नो हरेक सिर्जना सार्वजनिक हुँदा चर्चामा रहँदै आएका अहिलेका चर्चित गीतकार ध्रुव प्रसाद अम्गाईले नयाँ गीत ‘माया तिरिरिरी’ आफ्नो जन्मदिनको अवसर पारेर सार्वजनिक गरेका छन् ।
लगातार लोकप्रियताको शिखर चढिरहेका गीतकार ध्रुब प्रसाद अम्गाईले राधा र कृष्णको प्रेम काहानीलाई समेट्दै नेपाली समसामयिक बिषयमा आधारित ‘माया तिरिरिरी’लाई ईनाक्षी इन्टरटेन्मेन्टमार्फत सार्वजनिक गरेका हुन् ।
‘माया तिरिरिरी’मा रचना रिमाल र प्रताप दासको स्वर, राज सागरको संगीत अनि साहास शाक्यको एरेन्ज रहेको छ । गीतको भिडियोमा सुधिर श्रेष्ठ र समिक्षा पोखरेलको अभिनय रहेको छ ।
शिशिर श्रेष्ठको निर्देशन, ज्ञानेन्द्र शर्माको क्यामेरा, सुबोल थापाको कोरियोग्रफी र अमृत चापागाईको सम्पादन रहेको भिडियोलाई एनाक्षी इन्टरटेण्टमेन्टको युट्युब च्यानलले बजार ब्यब्स्थापन गरेको हो भने जनता डिजिटल फिल्म्सको पोष्ट प्रोडक्शनमा भिडियो निर्माण गरिएको हो ।
गीतकार अम्गाईका हालसम्म, ‘बिहानीको घामको झुल्को’, ‘माया हे माया’, ‘काले केटा २’, ‘तिमीलाई सन्देश’, ‘नजुरेको लगन’, ‘मन खोलेर गाउँ है गीत’, ‘न भुल्न सक्ने’, ‘घरमा कुरा’, ‘मखमली चोली’, फूल दिऊँ त ओइली जाला, कैले माया यता कैले उता, पछि पछि बैंशालु मायाले लगायत गीतका भिडियो सार्वजनिक भइसकेका छन ।
[embedded content]
जसमध्ये केही समयअघि मात्र सार्वजनिक भएको गीत ‘काले केटा २’ को भिडियोले युट्युबमा ३४ लाख बढी भ्यूज पाएको छ ।
प्रवासमा बसेर सिर्जनामा निरन्तर लागिरहेका खरो र प्रष्ट स्वभावका गीतकार ध्रुव प्रसाद अम्गाई समाजसेवी पनि हुन् । उनी समसामयिक र यथार्थपरक गीत लेख्न बढी मन पराउँछन् ।
चाँडै अरु गीतका पनि भिडियो आउने तयारी भइरहेको कुरा उनले जानकारी गराए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।