![](http://thenepalusa.com/wp-content/uploads/2021/01/e0a4b5e0a4bfe0a49ce0a4af-e0a4aae0a581e0a4a8e0a495e0a58b-e0a4aae0a4a4e0a58de0a4a5e0a4b0e0a495e0a58b-e0a4aee0a581e0a49fe0a581.png)
काठमाडौँ, ५ माघ । सत्य कथामा आधारित विजय पुनको ‘पत्थरको मुटु’ गीतको भिडियो सार्वजनिक भएको छ । गायक प्रताप दासको समुधुर स्वर रहेको गीतमा विजय पुन मागको मर्म स्पर्शी श शब्द हरेको भने गीतलाई ऋषि खड्काले संगीत भरेका छन् गीतमा विशाल निरौलाले एरेन्ज गरेका छन् । गीतलाई सुमन रानाले मारुनी डिजिटलमा रेकर्ड गराएका हुन् । साथै कुमार रानाको अडियो मिक्सिङ रहेको हुन्।
भिडियोमा दुई युवायुवतीबीच रहेको प्रेमकथालाई प्रस्तुत गरिएको छ । प्रेम, धोका, पीडा, त्याग, बिछोडजस्ता रसहरुको मिश्रित रूप यस भिडियोमा भएको कथावस्तुमा देख्न सकिन्छ । भिडियोमा प्रेम, घरपरिवार र समय परिस्थितिको सम्बन्धलाई चारित्रिक ढङ्गबाट प्रस्तुति दिइएको छ । भिडियोमा टिकटक स्टार विजय पुन र गीता ढुंगानाको अभिनय रहेको छ । साथै रमेश अधिकारीको पाहुना भूमिका देख्न सकिन्छ । भिडियोलाई बुद्ध थापा र उनको संयुक्त समूहले छायांकन गरेका हुन्। भिडियोको मेकअप आर्टिस्ट समारा जोशी हुन् भने पोस्टरलाई सन्तोष सुनारले डिजाईन गरेका हुन् ।
राजेन्द्र अर्याल प्राविधिक सल्लाहकार रहेको भिडियोको निर्माण व्यवस्थापन राजाराम सिम्खडाले गरेका छन् । भिडियोको रङ्ग संयोजन, भीएफएक्स र सम्पादनको जिम्मा मिलन विश्वकर्माले पाएका थिए । कथा(निर्देशन भने विक्रम चौहानले गरेका छन् ।
गीतलाई उत्कृष्ट बनाउन धेरै सहयोगी हातहरुको साथ रहेको थियो । गीतकार विजय पुनले आफ्नै जीवनसँग सम्बन्धित विषयबस्तुलाई गीत मार्फत् पस्किने प्रयास गरेका छन् । गीति लेखनमा पुनको यो पहिलो कदम हो ।
[embedded content]
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।