एजेन्सी, ५ माघ । अयोध्यामा राम मन्दिर बनाउन सुरु भइसकेको भन्दै बलिउड अभिनेता अक्षयकुमारले खुसी व्यक्त गरेका छन् ।अक्षयकुमारले मन्दिर निर्माणका लागि सहयोग जुटाउने अभियान थालेका छन्। उनले हिजो आइतबार आफ्नो सामजिक संजाल ट्वीटरमार्फत ”मन्दिर बनाउने कार्यमा अब हाम्रो पालो योगदान गर्ने पालो हो। मैले सुरु गरेको छु, आशा छ तपाई पनि सँगै जानुहुन्छ। जय सियाराम” भनेका छन् ।
अक्षयकुमारले मन्दिर निमार्ण गर्नका लागि सहयोग जुटाउने राष्ट्रव्यापी अभियान थालेका हुन्। उनले आफूले आफ्नो भागको सहयोग पनि गरिसकेको उल्लेख गरेका छन्।
भिडिओमा उनले ऐतिहासिक र भव्य मन्दिर बनाउन मानिसहरूले जे सक्छन् त्यही दान गर्न सक्ने बताएका छन्। अहिलेको योगदानको कारण आउने पुस्ताले पनि रामको जीवन, उनले अपनाएको बाटो र उनका सन्देश पछ्याउने प्रेरणा पाउने अभिव्यक्ति दिएका छन् ।
भारतको सर्वोच्च अदालतले एक वर्ष अगाडि अयोध्याको विवादित जमिन हिन्दुहरूको भएको ठहर गरेपछि अयोध्यामा राम मन्दिर बनाउने बाटो खुलेको थियो।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।