काठमाडौं, ५ माघ । कोरना कहरले मानिसहरुको आर्थिक र व्यक्तिगत जीवनमा परेको प्रभावका कारण हामीले हाँस्न बिर्सिसकेका छौं । ‘जसले हाँस्न जान्दैन, उसले बाच्न पनि जान्दैन’ भन्ने उखान सुन्नु भएकै होला । हाँस्दा मनोविकार हट्छ र तनावबाट मुक्ति मिल्छ ।
विश्वभर छरिएर रहेका नेपाली भाषा बोल्न जान्ने व्यक्ति जो चुट्किला सुनाएर अरुको मुहारमा हाँसो ल्याउन सक्नेहरुका लागि ‘नेपाली अनलाइन रमाइलो जोक्स कम्पिटिशन २०२१’ सिजन–१ को सुरुवात भएको हो ।
रिदम स्क्रिनको प्रस्तुतिमा भइरहेको यस कार्यक्रमको आयोजना अमेरिकामा बसेर नेपाली साहित्य, संगीत र कलामा क्रियाशील संगीतकर्मीहरुले गरेका हुन् ।
यस कार्यक्रममा सहभागी हुनका लागि प्रतियोगीहरुले रमाइलो जोक्स कम्पिटिशन नामक वेवसाइटमा गएर निशुल्क फारम भर्न सक्नेछन् । साथै, रिदम स्क्रिनको आधिकारिक फेसबुक पेज वा ईन्स्टग्राममार्फत पनि सहभागिता जनाउन सक्ने भएका छन् ।
[embedded content]
यस कार्यक्रमको निर्णायकहरुमा कलाकार बुद्दि तामाङ, हाँस्यकलाकार दिलिप गुरुङ र कलाकार भानु तिवारी रहेका छन् । यस कार्यक्रममा पहिलो हुने विजेताले तिन हजार डलर, दोस्रो हुनेले दुई हजार डलर र तेस्रो हुनेले एक हजार डलर नगदसहित ट्रफी र प्रमाण–पत्र पाउने भएका छन् ।
जनवरी ८ देखि फेब्रुअरी २८ सम्म प्रतियोगीहरुले आवेदन दिन सक्ने छन् । विश्वभर छरिएर रहेका प्रतिभावान कलाकारहरुलाई प्रोत्सहान गर्न यो कार्यक्रमको आयोजना गरिएको यस कार्यक्रमका उत्पादक तथा निर्देशक कमल राईले बताए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।