बारा । संगितकार तथा गायक विकास पाण्डेको संगितमा नयाँ म्युजिक भिडियो युट्युबमा बिहिबार सार्वजनीक भएको छ । ‘बेबि आई लभ यु’ बोलको म्युजिक भिडियो बिहान कलेज नेपाल मार्फत सार्वजनिक भएको हो ।
सो गित बिकास पाण्डेको शब्द-संगितमा तयार भएको हो । पाण्डेले यसअघि भन्डै २ दर्जन बढी गितमा आवाज तथा संगित भरिसकेका छन् ।
संगित क्षेत्रमा निरन्तरता दिइरहेको पाण्डे ‘क्यान बि’ एल्बमबाट संगित क्षेत्रमा उदाएका हुन् । ‘क्यान बि’ मा उनको ‘मायाँले मार्यो’ र हुन ‘सक्छ मेरो आँगन’ बोलका दुई गितले निकै चर्चा बटुलेको थिए ।
‘बेबी आइ लभ यु’ बोलको गितमा सिमरा आईडल सनि सुनुवारले स्वर दिएकी छन् । भिडियोमा सिमराका अनिल सुनुवारको मुख्य भुमिका रहेको छ ।
[embedded content]यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।