नेपालको पहिलो डान्स रियालिटी शो बुगी उगीकी बिजेता कविता नेपाली र भारतीय रियालिटी शो ‘डान्स प्लस’का फर्स्ट रनरअप सुजन मार्पा तामाङ पहिलोपटक एकसाथ एकै भिडियोमा देखिएका छन् ।
कृष्ण भट्टराई र मीना निरौलाको स्वरमा रहेको ‘केवल कारैमा’ बोलको गीतमा सुजन र कविता देखिएका हुन् । सार्वजनिक गीतमा मदन प्रधानको शब्द रचना, विश्व अधिकारीको संगीत रहेको छ ।भिडियोलाई राजिब समरले निर्देशन गरेका हुन ।
ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोलाई विकाश ज्ञवालीले सम्पादन गरेका छन् । भिडियोमा सुजन मार्पा तामाङका कोरियोग्राफी रहेको छ । चन्द्रागिरीमा छायांकन गरिएको भिडियोलाई चन्द्रागिरी हिल्स प्रालिले पनि सहयोग गरेको छ ।
गीतको पछिल्लो समय लोकप्रिय रहेको ‘टिकटक’ कम्पिटेसन पनि गरिने भएको छ । ‘टिकटक’ कम्पिटेसनले गीतको लोकप्रियतासंगै प्रतिभा भएकाहरुको प्रोत्साहनका लागि ‘टिकटक’ कम्पिटिसन गर्न लागिएको गायक भट्टराइले जानकारी दिए ।
‘टिकटक’ कम्पिटिसन बिजेताले नगद ३३ हजार ३ सय ३३ रुपैंया नगद प्राप्त गर्नेछन ।
[embedded content]यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।