काठमाडौं÷एजेन्सी । बलिउड अभिनेता रणवीर सिंहले पछिल्लो वर्षहरुमा आफ्नो अभिनयमा ठूलो उपलब्धी हाँसिल गरिहरेका छन् । उनको फिल्मलाई लिएर दर्शहरुमाझ छुट्टै प्रकारको क्रेज पनि बढीरहेको छ । बलिउडमा रणवीर सिंहको नाम पनि सुपरस्टारको लिष्टमा सामेल भइकसेको छ ।
त्यति मात्रै होइन, बलिउडका सुपरस्टार सलमान खानले पनि रणवीर सिंहलाई सुपरस्टार मान्न थालेका छन् । भर्खरै अभिनेता खानले एक अन्तर्वार्ताको दौरानमा भनेका छन्, ‘यदी मलाई कसैले फिल्ममा लञ्च गर्न आग्रह गरेमा, मैले पहिले उनीहरुको अभिनयको कुशलता हेर्छु, तब मात्रै उनीहरुलाई आफ्नो फिल्ममा लञ्च गर्छु । सबै मान्छे, शाहरुख खान, आमिर खान, अक्षय कुमार र रणवीर सिंह हुँदैनन् ।’
अभिनेता खानको यो स्टेटमेन्ट रणवीर सिंहको लागि कुनै ठूलो कम्प्लिमेन्ट भन्दा कम छैन । अभिनेता रणवीर सिंहको कुरा गर्नु पर्दा उनको अभिनय मात्रै होइन, इनर्जी र स्टाइलको दीवाना छन् ।
रणवीरले लाइभ पर्फमेन्स दिँदा आफ्नो एनर्जीले सबैलाई आकर्षित गर्छन् नै । यसका साथै रणवीरले जुनसुकै फिल्ममा आफ्नो अलग–अलग भूमिका मार्फत आफूलाई एक कुशल अभिनेताको रुपमा साबित गरिसकेका छन् ।
पछिल्लो वर्ष उनी पद्मावतमा अलाउद्दीन खिलजीको भूमिकामा रोल प्ले गरेर चर्चामा आएका थिए । यसका साथै २०१९ मा फिल्म ‘सिम्बा’बाट पहिलो पटक प्रहरीको भूमिकामा देखिए ।
यसका साथै २०१९ मै फिल्म गल्ली ब्बाईबाट पनि रणवीरले छुट्टै दर्शकमाझ क्रेज छाडेका छन् । उक्त फिल्ममा रणवीरले एक -यापरको भूमिका निभाएका थिए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।