काठमाडौं, १४ चैत । नायक दयाहाङ राई र नायिका प्रकृती श्रेष्ठको मुख्य भूमिका रहने चलचित्र ‘बिहे पास’को छायांकन सुरु भएको छ ।यो चलचित्रको निर्देशक प्रवेश पौडेल रहेका छन् । चलचित्रको छायांकन विराटनगरका विभिन्न स्थानमा हुने बताइएको छ। रोहित कट्टेलको प्रस्तुतिमा तयार हुने यो चलचित्रका कार्यकारी निर्माता रत्न श्रेष्ठ र सह–निर्माता ग्याल्जेन लामा छन् ।
आकाश बराल, सजन काफ्ले र मर्रे केरको लेखन रहेको यो चलचित्रको कथावस्तु रोचक रहेको जनाइएको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।