पाल्पा । पाल्पाली सर्जक तथा लोकपप गायक खेम गोपाल थापाले आफ्नो नयाँ लोकपप गीत तिमी कहाँ छौ डिजिटल बजारमा सार्वजनिक गरेका छन् ।
थापाले विगत लामो समय देखि पाल्पामै रहेर विभिन्न गीतहरुको एरेन्ज, लय शब्द लेख्ने मात्र नभई लोकपप तथा लोक दोहोरी गीतमा स्वर समेत दिइसकेका छन् । थापाले स्थानीय स्तरमै थेरै लगानीमा पनि स्तरीय भिडियो निमार्ण गर्न सकिने भन्दै तिमी कहाँ छौ बजारमा सार्वजनिक गरेको बताउछन् । 
पछिल्लो समय लाखौँ लगानी गरेर गीतको भिडियो निमार्ण गर्ने प्रचलन र होडवाजी वजारमा चलिरहेको छ तर लगानी गरे अनुसार फल पाउन गाहे हुने हुदा लगानी कर्ता मर्कामा परेको अवस्था छ । त्यसैलाई मध्यनजर गर्दे थापाले कमलगानीमै स्थानिय स्तरवाटै राम्रो काम गर्न सकिन्छ भन्ने उदाहरण दिदै तिमी कहाँ छौ को भिडियो निमार्ण गरि बजारमा ल्याइएको हो, उनले भने ।
तिमी कहाँ छौ गीतमा स्वर,लय तथा शब्द खेम गोपाल थापाको रहेको छ । भिडियोको निर्देशन पाल्पाली हाँस्य कलाकार पण्डित बा भनेर चिनिने शंकर घिमिरेले गरेका हुन् । गीतको छाँयाकन तथा सम्पादन आशिका प्रोडक्सन पाल्पाले गरेको छ भने गीतमा अभिनय पछिल्लो समय मोडलिङ्ग क्षेत्रमा उदाउदै गरेकी पाल्पाली चेली बुलवुल सारुले गरेकी छन् ।
कम लगानी र खर्चमा पनि राम्रो भिडियो निमार्ण गर्न सकिने भन्दै गीतको भिडियो थापाले आफ्नै च्यानल खेमगोपाल थापा मार्फत सार्वजनिक गरेका हुन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।