काठमाडौं । बलिउड अभिनेत्री शिल्पा शेट्टीकी श्रीमान राज कुन्द्रा जेलबाट बाहिरिएसँगै फरक ढंगले प्रस्तुत हुँदै आएका छन् । जेलबाट निस्किएपछि उनी मिडियाको अगाडि कमै देखिने गरेका छन् । पछिल्लो समय उनी शमिता शेट्टीको जन्मदिनमा श्रीमती शिल्पा शेट्टीसँग देखिएका थिए ।
यसैबीच राज कुन्द्राले आफ्नो नाममा रहेको करोडौंको सम्पती श्रीमती शिल्पा शेट्टीको नाममा गरिदिएका समाचार बाहिरिएको छ । यो समाचारसँगै राज कुन्द्रा पुनः एकपटक चर्चामा आएका छन् ।
त्यसोत, राज कुन्द्रा गत वर्ष पोर्नोग्राफी मुद्दामा पक्राउ परेपछि चर्चामा आएका थिए । त्यतिबेला शिल्पा शेट्टीले सामाजिक सञ्जालमा आफ्नो गोपनीयताको सम्मान गर्न अपील गरेकी थिइन् ।
स्क्वायरफिटइन्डिया डट कमका अनुसार राज कुन्द्राले ३८.५ करोड भारु बराबरको आफ्नो पाँच वटा फ्ल्याट श्रीमती शिल्पा शेट्टीको नाममा गरिदिएका छन् । जसको लागि अभिनेत्री शिल्पा शेट्टीले पनि १.९२ करोड भारु स्टाम्प शूल्क तिरेकी बताइएको छ ।
यता टाइम्स अफ इन्डिया वेबसाइटका वरुण सिंहले राज कुन्द्राले आफ्नो श्रीमती शिल्पाको नाममा हस्तान्तरण गरेका फ्ल्याटको कुल क्षेत्रफल ५,९९६ वर्गफूट रहेको बताए । उक्त सम्पतीको कागजातहरू २१ जनवरी २०२२ मा दर्ता गरिएको थियो ।
पछिल्लो समय सोसल मिडियामा शिल्पा शेट्टी र राज कुन्द्राको उक्त समाचार भाइरल भइरहेको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।