काठमाडौं । मण्डला नाटकघर विहीबारदेखि काठमाडौंको थापागाउँस्थित आफ्नै भवनबाट सञ्चालनमा आएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले विहीबार मण्डलाको नयाँ भवन उद्घाटन गरेका थिए ।
२०० सिट क्षमताको ठूलो अडिटोरियम र ७० सिट क्षमताको बाल नाटकघर निर्माण गरिएको छ । ३० आना जग्गालाई भाडामा लिएर मण्डलाले आफैंले भवन निर्माण गरेको हो । उद्घाटन कार्यक्रममा उपराष्ट्रपति पुनले साहित्यले समाजको चित्रणका साथै समाजलाई सही रुपन्तरण गर्न सक्ने बताए ।
साहित्य समृद्धितर्फ अग्रसर हुनुपर्ने भन्दै उनले मुलुकको परिर्वतनमा यस क्षेत्रले पु¥याएको योगदानको चर्चा गरे । नेपालमा नाटकको इतिहास लामो रहेको र यसलाई निरन्रता दिनु उचिकै चुनौतीपूर्ण रहेको उनको भनाइ छ ।
उनले नेपालको नाटक क्षेत्रको उत्थानका लागि सरकारले अझै पहल गर्नुपर्ने धारणा राखे । सन् २००९ देखि अनामनगरमा मण्डला नाटक घर सञ्चालन हुँदै आएको थियो ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।