काठमाडौं । पछिल्लो समय बलिउडका सुपरस्टार सलमान खानको फिल्मलाई लिएर भन्दा पनि ब्यक्तिगत जीवनलाई लिएर निकै चर्चा गर्ने गरिन्छ । विशेषगरी पाँच दशक काटिसकेका अविवाहित सुपरस्टार खानको प्रेमिकाहरुको बारेमा पनि उत्तिकै चर्चा हुने गरेको छ । विभिन्न सञ्चारमाध्यमहरुले सलमान खानको पहिलो प्रेमिका संगीता विजलाली थिइन् भनेर उल्लेख गर्ने गरेका छन् ।
तर, केही रिपोर्टका अनुसार उनको पहिलो प्रेमिका संगीता नभई अभिनेत्री शाहिन बानो पहिलो प्रेमिका थिइन् । सलमान खान र शाहिन यति नजिक थिए कि फिल्म ‘मैने प्यार किया’को अडिसन दिनका लागि उनीहरु दुवै सँगै गएका थिए । तर, शाहिन छनोट भइनन् । यस फिल्मका लागि सलमान खान र भाग्यश्री छनोट भएका थिए । त्यतिबेला शाहिन छनोट भएकी भए भाग्यश्रीको सट्टामा उनी फिल्ममा नायिका हुने थिइन् ।
तर, सलमानको गर्लफ्रेण्डको लिस्टमा शाहिनको नाम भने उल्लेख गरिएको छैन । सामान्यतय सलमानको प्रेमिकाहरुमा संगीता बिजलानी, सोमी अली, ऐश्वर्या राय, कट्रिना कैफ, ज्याकलीन फर्नाण्डेजलगायतलाई चिन्ने गरिन्छ । रिपोर्टका अनुसार सलमान खान १९ वर्षको उमेरमा मुम्बईको सेन्ट जेभियर कलेजमा स्नातकको दोस्रो वर्षमा थिए ।
त्यतिबेला शाहीन बानु शाहीन जाफरी थिइन् । अभिनेत्री कियारा आडवाणीकी आमा जेनेभिव आडवाणीले सलमान र शाहीलाई एक–अर्कासँग चिनजान गराइदिएकी थिइन् । त्यसपछि सलमान र शाहिनले एक–अर्कालाई भेट्न थालेका थिए । तर, पछि गएर उनीहरु छुट्टिन पुगेका थिए ।
त्यसोत, शाहिन आफ्नो जमानाका सुपरस्टार दिलीप कुमार र सायरा बानोकी भान्जी पनि हुन् । सलमानसँगको ब्रेकअपपछि शाहीनले अभिनेता सुमित सहगलसँग विवाह गरिन् । यद्यपि सलमानलाई मैने प्यार किया पछि फिल्महरू आउन थालेका थिए र त्यही क्रममा सलमान खानले त्यस समयकी चर्चित मोडल संगीता बिजलानी र मिस इन्डिया १९८० सँग भेटेका थिए ।
संगीतासँग सलमानको निकटता बढ्न थालेपछि उनको शाहिनसँग ब्रेकअप भएको थियो । संगीता र सलमानले केही समयसम्म एकअर्कालाई डेट गरे । उनीहरुले आफ्नो विवाहको कार्ड पनि छपाएका थिए, भन्ने पनि गरिन्छ । त्यतिन्जेलसम्म सलमानको जीवनमा अर्कैको प्रवेश भइसकेको कारण उनीहरुको सम्बन्ध पनि अगाडि बढ्न नसकेको बताइन्छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।