काठमाडौं । साउथ अभिनेत्री सामन्था रुथ प्रभुले आफ्नो परिवारको आर्थिक अवस्था बलियो नभएको कारण अभिनयलाई नै करियर बनाउनुपरेको बताएकी छन् । निर्माता/निर्देशक करण जोहरको शो ‘कफी विथ करण–७’को तेस्रो एपिसोडमा अभिनेत्री सामन्थाले आफ्नो करियरलाई लिएर यस्तो खुलासा गरेकी हुन् ।
करण जोहरले आफ्नो शोमा गेष्टको रुपमा आएकी अभिनेत्री सामन्थालाई के उनी सधैँ अभिनेत्री बन्न चाहन्छन् ? भनेर प्रश्न गरेका थिए । करणको यस प्रश्नबारे प्रतिक्रिया दिँदै ‘फ्यामिली म्यान–२’फेम अभिनेत्रीले आफ्नो परिवार आर्थिक रूपमा बलियो नभएकाले अभिनयलाई नै करियर बनाउनुपरेको बताएकी हुन् ।
उनले थप पढाइमा पैसा खर्च गर्न सकेनन् । उनले आफ्नो बुबाले आफ्नो पढाई शूल्क तिर्न अस्वीकार गरेको पनि खुलासा गरेकी छन् । सोही कुराले आफ्नो जीवन सँधैका लागि परिवर्तन गरेको सामन्थाको भनाइ छ ।
सामन्थाले भनेकी छन्, ‘घरको अवस्था गाह्रो भएकोले मसँग कुनै विकल्प थिएन । हामीसँग पढाइको लागि धेरै पैसा थिएन । जब मेरो बुबाले भन्नुभयो कि ‘म तिम्रो पढाई शूल्क तिर्न सक्दिन ।’ ती शब्दहरूले मेरो जीवन परिवर्तन ग¥यो ।’
यसका साथै ‘कफी विथ करण’ मा पूर्व पति नागा चैतन्यसँगको सम्बन्ध विच्छेदको विषयमा गरिएको ट्रोलको बारेमा पनि सामन्थाले भनिन्, ‘मैले त्यो बाटो रोजेको हुनाले म यसबारे गुनासो गर्न सक्दिनँ । जब हामी अलग भयौं, यसको बारेमा म धेरै चिन्तित थिइनँ, त्यसको प्रतिक्रिया दिने मेरो जिम्मेवारी मेरो थियो ।’
सोही क्रममा करण जोहरले के दुवैको मनमा एक–अर्काप्रति कडा भावना (हार्ड फिलिङ्ग्स’ छ ? भनेर सामन्थालाई सोधे । यो विषयमा अभिनेत्री सामन्थाले स्वीकार गरेकी छन् । त्यस्तै सामन्थाले एक–अर्कालाई चोट नदिई एउटै कोठामा बस्न नसक्ने बताइन् । सामन्थाले आफूहरू दुवैलाई एक–अर्काप्रति निकै कडा भावना रहेको बताइन् ।
करण जोहरको शोको यस एपिसोडमा अभिनेत्री सामन्थासाथै अभिनेता अक्षय कुमार पनि आएका थिए । हालसम्म सामन्था र अक्षय कुनै पनि फिल्ममा सँगै काम नगरेपनि उनीहरुको केमेस्ट्रीले दर्शकहरुको मन छोएको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।