काठमाडौं । बलिउडका सुपरस्टार सलमान खानलाई हालै ज्यान मार्ने धम्की आएपछि आफ्नो सुरक्षाका लागि उनले ठूलो कदम चालेका छन् । सलमान खानले आफ्नो सुरक्षाका लागि हतियार लाइसेन्सको लागि आवेदन दिएका छन्, जसको लागि उनी आयुक्तलाई भेट्न मुम्बई पुलिस स्टेशन पनि पुगेका छन् । यस क्रममा सलमान खानका कयौं तस्वीर र भिडियोहरु सामाजिक सञ्जालमा तीब्र रुपमा भाइरल भइरहेका छन्न् ।
सलमान खानलाई प्रहरी चौकीमा देखेपछि सबै जना निकै उत्साहित भएका थिए । साथै सेल्फी र तस्वीर खिच्नका लागि सलमान खानको वरिपरि भीड नै जम्मा भएको थियो । यस क्रममा सलमान खानले सबैसँग फोटो खिचाएका थिए । प्रहरी चौकीबाट बाहिर निस्किएपछि समालनका फ्यानहरु पनि उनको एक झलक हेर्न निकै उत्साहित देखिए ।
जानकारीका अनुसार सलमान खानले प्रहरी सह आयुक्त (कानून व्यवस्था) विश्वास नाङ्ग्रे पाटिललाई पनि कार्यालयमा भेटेका थिए । २०२२ को मेमा पञ्जाबी गायक सिद्धु मुसेवालाको हत्यापछि सलमान र उनका बुबा सलीम खानलाई ज्यान मार्ने धम्की आएको थियो । सोही क्रममा अभिनेता सलमान खानले पनि हतियारको लाइसेन्सका लागि आवेदन दिएका हुन् ।
सलमानले प्रहरी मुख्यालयको ‘शिष्टाचार भ्रमण’ गरेका थिए । सलिमका सुरक्षाकर्मीलाई ‘मूसेवाला जैसा हाल तुम्हारा भी होगा’ भन्ने धम्कीपूर्ण नोट प्राप्त भएको थियो । पञ्जाबी गायक तथा ¥यापर सिद्धु मूसेवालीलाई यसै वर्ष मे महिनामा गोली हानी हत्या गरिएको थियो ।
सलमान खान र उनका बुबालाई यो धम्कीपूर्ण पत्र कथित रूपमा ग्याङ्स्टर लरेन्स बिश्नोई गिरोहबाट आएको हो । घटनापछि सलमानको सुरक्षा बढाइएको छ । यसबारे कुरा गर्दै हालै सलमानको ‘दबंग ३’ को को–स्टार किच्चा सुदीपले घटनाबारे थाहा पाएपछि आफूले सलमानलाई सम्पर्क गरेको खुलासा गरेका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।