काठमाडौं । नेपाली कथानक चलचित्र ‘माइकल अधिकारी‘ आजदेखि देशभर एकैसाथ प्रदर्शन हुँदैछ ।
चलचित्र श्री कृष्णअष्टमीको अवसर पारेर देशभरका हलहरुमा प्रदर्शन हुन लागेकाे हाे । उद्धव पौडेल प्रस्तुतकर्ता रहेको यस फिल्ममा सौगात मल्ल, सृष्टि श्रेष्ठसँगै अशान्त शर्मा, ऐनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दिलीप बोहरालगायतको मुख्य अभिनय छ । साथै उक्त चलचित्रमा स्थानीय कलाकारको समेत भूमिका रहेको छ।
फिल्म निर्माता निरक पौडेलले चलचित्र ‘माइकल अधिकारी‘ राम्रो बनेको बताउँदै चलचित्र हेर्न जाने दर्शकको रकम खेर नजाने बताए ।
उनले चलचित्र हेर्दा दर्शकले भरपुर मनोरञ्जन लिनेमा आफू ढुक्क रहेको बताए। करिब एक करोडको लागतमा बनेको चलचित्र झापा र ईलामको बिभिन्न स्थानमा छायाङकन गरिएको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।