काठमाडौं । बलिउड अभिनेता आमिर खान एक समय इन्डस्ट्रीका ती कलाकार थिए, जसको फिल्मले सजिलै १०० करोड कमाउने गर्दथ्यो । तर, पछिल्लो समय आएर उनको करियरमा ठूलो धक्का लागेको छ । हालै उनको ठूलो बजेटको फिल्म ‘लाल सिंह चड्ढा’ बक्स अफिसमा नराम्ररी असफल भएसँगै उनको करियरमा ठूलो धक्का लागेको हो ।
मिडिया रिपोर्टका अनुसार यो फिल्मका निर्मातालाई करोडौं घाटा भएको छ । ‘लाल सिंह चड्ढा’लाई निर्माताले १८० करोडको ठूलो बजेटमा तयार पारेका बताइएको छ । यो सुपर डुपर हिट हलिउड फिल्म ‘फरेस्ट गम्प’ को रिमेक थियो ।
फिल्मले भारतीय बक्स अफिसमा ५६.८३ करोड मात्रै कलेक्सन गरेको छ । योसँगै फिल्मका निर्माताका लागि यो सबैभन्दा ठूलो झट्का साबित भएकोछ । यसैबीच आमिर खान निर्माताहरुका लागि रियल लाइफ हिरो बनेका खबर सार्वजनिक भएको छ ।
मिडिया रिपोर्टमा आमिर खानले फिल्म फ्लपको सम्पूर्ण जिम्मेवारी लिएका छन् । साथै उनले फिल्म गरेबापत् कुनै पनि पारिश्रमिक नलिने निर्णय गरेका दाबी गरिएको छ । आमिरको यो कदमले निर्माताको घाटा धेरै हदसम्म कम हुने बताइएको छ ।
बलिउड हंगामामा प्रकाशित रिपोर्टका अनुसार आमिर खानले यो फिल्मका लागि १०० करोड पारिश्रमिक लिने तयारीमा थिए । तर, अब उनले यो रकम नलिने भएपछि निर्मातालाई राहत मिलेको छ ।
फिल्म फ्लप हुनुमा एउटा कारण आमिर खान र करीना कपुरलाई लिएर सामाजिक सञ्जालमा चलाइएको बहिष्कारको ट्रेन्ड पनि मानिएको छ । अचम्मको कुरा के छ भने ‘लाल सिंह चड्ढा’ ओस्कार विजेता फिल्म फरेस्ट गम्पको आधिकारिक रूपान्तरण हो ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।