
काठमाडौं । लोकप्रीय गायक स्वरुपराज आचार्यको स्वरमा आधुनिक गीत ‘म एक्लै छु’ सार्वजनिक भएको छ । जोसेफ शाही अफिसियल यट्युव च्यानलबाट शुक्रबार गीतको भिडियो सार्वजनिक गरिएको हो ।
गीतको भिडियोले बेग्लै कथा बोकेको छ । जीवनमा सवै कुरा पाएर पनि मन मिल्ने मान्छे नभेट्दा आफैंमा एक्लिएको तेस्रो लिङ्गी पात्रको कथा गीतमा समेटिएको छ । समाजले अस्तित्व स्वीकार नगर्दा र राज्यले नागरिक अधिकार प्रत्याभूत नगर्दा दोहोरो मारमा परेका आम तेस्रो लिङ्गी समुदायको यथार्थपरक कथा प्रस्तुत भएको छ गीत र भिडियोमा ।
संगीत मुलतः मनोरञ्जनको माध्यम हो । तर, यदि संगीतले खास विचार र मुद्दालाई पनि बोकेको छ भने त्यसले समाजमा नयाँ बहसको सिर्जना गरिदिन सक्छ । यो गीतले पनि धेरै हदसम्म संगीतमार्फत वैचारिक मुद्दाको उठान गरेको छ । तेस्रो लिङ्गी पात्रको भोगाई, हिडाई, लवाई, खवाईलाई गीतमा समेट्ने प्रयास गरीएको छ ।
तेस्रो लिङ्गी मानिसहरुले कस्तो जीवन बाँचिरहेका छन् भन्ने अँध्यारो पाटोलाई गीतले प्रस्तुत गरेको छ । चलचित्र बन्न सक्ने कथा एउटा गीतमा अटेको देखिन्छ ।
गीतको शब्द रचना र प्रस्तुती कुमार रेग्मीले गरेका हुन् । जोसेफ शाही ठकुरीको संगीत र पुरुषोत्तम सुवेदीको संगीत संयोजन रहेको गीतमा किशोर थापाको ध्वनी सम्पादन रहेको छ ।
भिडियोमा चर्चित कलाकार द्वय जीवन भट्टराई र लक्ष्मि बर्देवाकोसाथमा गीतकार समेत रहेका कुमार रेग्मी, सागर दाहाल, टिका निरौला, शान्ता रेग्मीलगाएतको अभिनय हेर्न सकिन्छ ।
बुद्ध थापाको थायाँकन र बिष्णु खड्काको सम्पादन रहेको भिडियोको निर्देशन लक्ष्मि बर्देवा र जीवन भट्टराइले गरेका हुन् ।
भिडियो
[embedded content]
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।