काठमाडौं । अर्जुन सापकोटा र शान्तिश्री परियारको स्वरमा रेकर्ड गरिएको ‘बैनै ज्यू दाजै ज्यू’ शिर्षकको नयाँ लोकदोहोर गीत सार्वजनिक भएको छ ।
सो गीत केही दिन अघि सुशील ज्ञवाली नामक युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
सो गीतको शब्द रचना तेजश रेग्मीले गरेका हुन् भने संगीत अर्जुन सापकोटा र सुदीप सागरको रहेको छ ।
अर्जुन र शान्तिश्रीले गाएको गीतको म्युजिक भिडियो ‘डाँडैको टुनी’को अपार सफलतापछि यो उनीहरुको अर्को सहकार्य हो ।
हालै सार्वजनिक भएको ‘बैनै ज्यू दाजै ज्यू’को म्युजिक भिडियोमा काजिश श्रेष्ठको कोरियोग्राफी तथा निर्देशन रहेको छ ।
त्यस्तै गीतमको म्युजिक भिडियोमा गर लम्साल ‘बले’, रुविना अधिकारीसँगै गायक सापकोटा स्वयंको पनि अभिनय रहेको छ ।
(भिडियो)
[embedded content]
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।