काठमाडौं । पछिल्लो समय बौद्ध भिक्षुहरुले बुद्धका ज्ञान र शिक्षा प्रवाह गर्ने माध्यम चलचित्र र संगीतलाई पनि बनाउँदै आएका छन् ।
यही क्रममा बौद्ध भिक्षु खेन्पो पेम छिरी शेर्पाले संगीतमार्फत् बौद्ध ज्ञानका केही अंश बाँढ्ने प्रयास गरेका छन् ।
संगीतमा पनि रुची र दख्खल राख्ने खेन्पो पेम छिरिले आफ्नै स्वरमा रेकर्ड गरेको गीतमा मनलाई विभिन्न कोणबाट चर्चा गरिएको छ ।
गीतमार्फत खेन्पोले मानव जीवनमा सबै कुरा मनले नै निर्धारण गर्ने भन्दै ‘कस्तो हो मन’ भन्दै मनका विभिन्न भावहरुलाई गीतमा उतारेका छन् ।
मनले नै सुख र दुखको अनुभुति गराउने गीतमा भनिएको छ । मनका विभिन्न प्रश्न र भावहरु खोज्दै जाँदा गीतले बुद्धको खास दर्शन सुन्यतालाई आत्मसात गरेको खेन्पो पेम छिरिले बताए ।
गीतको म्यूजिक भिडियो समेत तयार भइसकेको छ । म्यूजिक भिडियोमा चर्चित डान्सर सुशान्त खत्रीलाई फिचर गरिएको छ ।
गीतबाट नाम र दाम कमाउने उद्देश्य नभई गुम्बा र विहारमा बाँड्दै आएको ज्ञान र शिक्षालाई डिजिटल दुनियाँको सदुपयोग गर्दै धेरैभन्दा धेरै मानिससम्म पु¥याउन गीतको सहारा लिएको खेन्पोको भनाइ छ ।
समय अनुसार चल्न सक्नु पर्छ भन्ने गौतम बुद्धको ज्ञानको सारलाई पछ्याउँदै अहिले गीत संगीतमा झुम्नेहरुको संख्या अधिक भएका कारण पनि आफ्नो विचार र सन्देश दिन संगीत उपयुक्त माध्यम भएको खेन्पोको ठम्याइ छ ।
सोही अनुरुप सबैले रुचाउने अनि भाका र लयका माध्यमबाट भन्दा सजिलै बुझिने भएकाले पनि गीत रेकर्ड गरिएको उनले बताए ।
गीतको शव्द चर्चित कवि तथा गीतकार दुर्गालाल श्रेष्ठले लेखेका हुन् ।
मनलाई केन्द्रमा राखेर गीत लेखिदिन खेम्पोले गीतकार श्रेष्ठलाई अनुरोग गरेका थिए । गीतकार श्रेष्ठले आफुले भने जस्तै निकै उत्कृष्ट शव्द चयन राख्दै गीत लेखि दिएको भन्दै खेन्पोले गीतकार श्रेष्ठको प्रशंसा गरे ।
गीतकार श्रेष्ठ फूलको आँखामा फूलै संसार गीतका लेखक हुन् ।
त्यस्तै गीतमा चर्चित संगीतकार न्हू वज्राचार्यको संगीत रहेको छ । गीतमा संगीत संयोजन गोपाल रसाईली, रेकर्डिङ भानुभक्त ढकाल र मिक्सिङ मास्टरिङ श्याम बागदासले गरेका छन् ।
[embedded content]
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।