यति एयरलाइन्सको विमान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा आज अपरान्ह दुर्घटनामा परेको छ । काठमाडौँबाट भैरहवाका लागि अपरान्ह ४ः१५ मा उडेको ९ एन एआइडीको जहाज अवतरणका क्रममा धावनमार्गबाट घुम्ने क्रममा दुर्घटनामा परेको हो । विमान धावनमार्गको १ सय ५० मिटर दक्षिणतर्फ पुगेको छ । जम्मा १९ जना यात्रु र तीन चालकदलका सदस्य रहेको विमानमा मानवीय क्षति भने भएको छैन । केही यात्रु सामान्य घाइते भएका छन् । दुर्घटनास्थलमा नेपाली सेना, विमानस्थलका सुरक्षा अधिकारीलगायतले उद्धार गरेका थिए ।
SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV