“हे बडी डु यु हाइभ एनि भ्याकेन्सि ओपन्ड? आइ लभ टु वर्क एन्ड आइ जस्ट वान्ट टु वर्क नो म्याटर ह्वाट काइन्ड अफ जब यु अफर मि। एनि काइन्ड अफ जब विथ प्लेन्टि अफ आवर। आइ जष्ट वान्ट टु चेञ माइ लाइफ डिफिरेन्ट वे।”
उसले भन्दै गयो म भर्खर जेलबाट निस्के। जेल जिबनले धेरै पाठ सिकायो। बिकल्प केहि थिएन बाच्नका लागि गाजा, पिल्स, हेरोइन, कोकिन, मेथ जे जे भेट्छ त्यहि बेच्दै गए, डलर बन्यो, केटि साथिहरु थुप्रै बने, उनिहरुको पनि लागु औषधको लतमा फसे पछि किन्ने डलर थिएन उनिहरुसङ्ग, बेचे अस्तिस्व म जस्तै लागु औषधको खुद्रा ब्यापारिहरुलाइ र लागु औषधको दैनिक आबस्यकतालाइ पुरा गर्दै गए तर कहिलै डलर तिर्नु परेन मात्र अस्मिता बेचे लागु औषधका लागि यसमा अधिकाश त गोरिनिहरु नै थिए। दिनहरु बित्दै गए लाग्थ्यो म जस्तो कर्मवाला काला सायद कोहि नै छैनन होला शरिरका सबै खल्तिमा डलरको स्ट्याग अर्थात चागो थियो। गोरिनि, कालि ,गोरे, काले स्पानिस, एशियन सबैका प्यारो थिए म। रातभर बार, प्लेहाउस र भाइसाथिका कोठा र बस्ति चाहार्थे र बिहानभर सुतेर फेरि अर्को रमणिय दिनचर्या शुरु हुन्थ्यो मेरो। मैले हेक्कै पनि राखिन र लाग्दै गयो मेरो यसखाले शौखिन जिबन यसरि नै नै चल्दै गर्छ नमरेसम्म। तर एक बिहानै कप अर्थात प्रहरि मैले रात बिताएको साथिको एपार्टमेन्टमा घेराबन्दि गर्दै थियो र सकेत मेरै लागि थियो भन्ने त्यति बेला भयो जुनबेला मेरा हातमा हत्कडि लागिसकेको थियो। मेरै आफ्नै साथि ग्राहक जसले डलर नै नतिरि लागु औषधको उधारो खादै थियो मबाट हप्तौ दिन त्यसले के ठान्यो भने मलाइ जेल पुर्याएपछि डलर नै तिर्नु परेन। भयो पनि त्यस्तै। जेल गए, २ बर्षको जेल सजाय फेलोनि(अमेरिकामा फेलोनि यस्तो अपराध हो जुन अदालतले नसियत दिएपछि रेकर्डमा जानेछ र यसपछि शुरु हुन्छ मानिसको दुखि र अभिशापको जिबन)। यस फेलोनिमा जागिर पाउन मुश्किल, ब्यापार ब्यबसायका लागि बर्जित, काम पाउन गारो, बास पाउन गारो, कोठा, एपार्टमेन्ट पाउन गारो र समष्ठिगतमा जिबन कष्ठगर हुनेछ।
उ थियो माइक जोन्सन नर्थ क्यारोलिना मै जन्मेर यहि नै हुर्केको काला बर्णका झन्डै २४ बर्षका मानिस उ जेलबाट छुट्ने बित्तिकै न उसङ्ग अब बास नै छ, न उसङ्ग डलर कौडि नै खल्तिमा छ, न त उसङ्ग आफन्त भाइसाथि नै छन यसबेला छ त मात्र फेलोनि रेकर्डको कालो दाग।
मैले भने म सङ्ग तिम्रा लागि जागिर छैन अहिलेका लागि तर अर्को हप्ता तिर चेक गर। माया लागेर आयो उसका, आखाहरु रसाउन पुगे। कठैबरा गल्तिपछि पाठ सिक्दा पनि उसलाइ हेर्ने नजर, उसले आफुलाइ सुधारका लागि जागिर पाउन बिसाउदै गरेको निबेदन र उसका पिडा न त अमेरिकन सरकार ले बुझ्छ? न त अमेरिकन समाजले नै बुझ्छ। बिग्रह र पिडा पछि उसले चाहेको परिबर्तन र नियमित जिबनयापनको सुनिश्चितता राज्यले गरेन मात्र हेर्यो उ त अमेरिकन राज्य र अदालतले दिएको अपराधको सर्टिफिकेट फेलोनि। माइक जोन्सन आज भन्दै थियो बाच्न र करेक्सनका लागि जागिरको निबेदन अमेरिकन समाजले सुनेन भने म फेरि पुरानै पेशामा फर्किनु पर्ने हुन्छ सिर्फ बाच्नका लागि। मेरो बाच्ने अधिकार अहिलेका लागि मेरा प्रथमिकता भए माइकका आखा रसाउदै गए र ढोका बाट ननिस्कदै उसले थप्यो, सानु इफ यु हाइभ एनि वर्क अपरच्युनिटि प्लिज गिभ मि अ चान्स, डन्ट फर्गेट मि, आइ विल कम ब्याक आस्क यु अगेन फर जब। सेकेन्ड भरमै उ अन्तै कतै लागिसकेको थियो सायद जब हण्टिङ्गका लागि। माइक एउटा पात्र हो अमेरिकाको धेरै छन माइक जस्तै आफुलाइ करेक्सन गर्दै समुन्नत जिबनयापनको सपना बुन्दै गरेका अमेरिकनहरु।