Shailesh Shrestha
हामी नेपालीहरु जहाँ बसेपनि परपीडक अनि आडम्बरी छौं | त्यो भन्दा पर यथास्थितिबाद अनि दोहोरो मापदण्डमा उन्मुक्त रमाएका छौं | सानो ठाउँ पाउनासाथ मान्छेलाई सिध्याई हाल्न हामीलाई मन पर्छ | शेरबहादुर र गगन थापामा तात्विक फरक देख्दैनौं अनि खुमबहादुर र बिश्व प्रकाश शर्माहरु आवरणमा हामीलाई उस्तै उस्तै लाग्छ | गोकर्ण बिष्टहरुलाई हामी त्यहि ओलीको पार्टी एमालेको मान्छे त हो नि भनिदिन्छौं | उप-प्रधानमन्त्री हुँदा तुलनात्मकरुपमा राम्रै काम गर्ने कमल थापाहरु पुरानो पन्चे-राजाबादी भएकोले हामीलाई गह्नाउछ | बिधुत प्राधिकरणमा कायापलट गर्ने कुलमान घिसिङ्ग र जनार्दन शर्माहरुलाई राम्रो काम गर्दा पनि हामी माओबादी भन्दा पर केहि देख्दैनौं | समस्या त हामीमा छ |
नेपालमा सार्वजनिक क्षमा याचनाको शालीन संस्कार कहिल्यै बिकास भएन अझ यसो भनौं सुरुनै भएन | न तात्कालिक राजतन्त्रलाई दरवारमा बुझाउने शेर बहादुर देउबाले त्यसो गरे न महाराजको पाउमा दाम चडाएर “प्रधानमन्त्री हुन पाउँ सरकार” भनेर बिन्तिपत्र हाल्ने कम्युनिस्ट माधब कुमार नेपालले नै त्यसो गर्न उचित ठाने |
तर क्षमाशिल हुने बेलायती संस्कारमा ब्यबसायिक कर्म गरेका सुमन खरेलले पनि त्यत्ति नगरेर किन थप जिद्दी अनि लिंडे ढिपीहरु गरिरहेका छन मैले चाँही यो सात समुद्रपारिबाट बुझ्न सकिन |
अझै भन्छु एउटा नयाँ संस्कारको बिकास गर्नुस गल्ति भयो भनिसक्नु भएको छ अब “एपोलोजेटिक” हुँदै सार्वजनिक याचना गर्दा तपाईको ब्यबसायिक उचाई, आयतन, तौल अनि गरिमा केहि पनि घट्दैन सुमन खरेल दाई |
Comments
comments