काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काको मूख्य अभिनय रहेको फिल्म ‘बुलबुल’ले सार्क फिल्म फेस्टिभलमा प्रदर्शन हुने अवसर पाएको छ ।
उक्त फेस्टिवलमा सहभागी हुन यतिखेर स्वस्तिमा श्रीलङ्का पुगेकी छिन् । विनोद पौडेलको निर्देशनमा निर्माण भएको ‘बुलबुल’मा स्वस्तिमा एक टेम्पो चालक महिलाको भूमिकामा देखिएकी छिन् । फिल्मले राम्रो ब्यापार गरी सफल फिल्मको दर्जामा उक्लिन सफल भएको थियो । यस अघि अमेरिकामा समेत देखाइएको चलचित्र ‘बुलबुल’ फेस्टिभलको पहिलो दिन बलिउड चलचित्र ‘पद्मावत’सँगै प्रदर्शन गरिएको थियो । चलचित्र हेरिसकेपछि दर्शक तथा समीक्षकले चलचित्रलाई सकारात्मक प्रतिक्रिया दिएका थिए ।
स्वस्तिमाले फेस्टिभलबारे जानकारी दिँदै पहिलो दिन निकै उपलब्धिमूलक भएको बताइन् । ‘बुलबुल’सँगै अर्को नेपाली फिल्म प्रसाद पनि फेस्टिवलमा प्रदर्शनको लागि छानिएको छ ।’बुलबुल’को प्रदर्शन पछि ३ भिन्न देशका निर्णयकहरुले फिल्मबारे प्रश्नोत्तर गरेको र चलचित्रलाई राम्रो प्रतिक्रिया पनि मिलेको बताइएको छ ।
२ जुलाईमा सुरु भएको उक्त फेस्टिभल ७ जुलाईसम्म चल्ने बताइएको छ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।