एजेन्सी । बलिउडमा ‘बिगबि’को नामले परिचित छन् अमिताभ बच्चन । उनका धेरै शुभचिन्तकहरु उनी फिल्मी दुनियाँबाट टाढिएपनि के गर्छन् उनको जिवनशैलीबारे बुझ्न लालायित हुन्छन् ।
पछिल्लो समय अमिताभ टेलिभिजन रियालिटी शाे ‘काैन बनेगा करोडपति’को होस्ट गरिरहेका छन् । यसै कार्यक्रमकाबीच अमिताभले आफ्नो ब्यक्तीगत जीवनको एक पाटो खुलाएका छन् । अमिताभले व्यक्तिगत जीवनबारे बोलेपछि बलिउडमा उनको भनाईलाई लिएर चर्चा भइरहेको छ। उनले आफूले श्रीमतीको गाली खानु परेको र श्रीमतीलाई रिस उठ्ने प्रंसगबारे कार्यक्रममा खुलासा गरेका हुन् ।
शाेमा सहभागी एक जोडीलाई एनिभर्सरीको मिति याद राख्न आग्रह गर्दै अमिताभले आफूले त्यही मिति याद राख्न नसक्दा श्रीमतीको गाली खानुपरेको खुलासा गरेका हुन्। विवाहको मिति बिर्सिएको प्रसंगलाई पत्नी जयाले बढी नै गम्भीरतापूर्वक लिने उनले भनाई राखेका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।