काठमाडौं । गायक तथा संगीतकार यमन माझीको नयाँ गीत दर्शक÷श्रोतामाझ रिलिजमा आएको छ । सरला माझीको शब्द तथा गायक यमन माझीको आफ्नै संगीत रहेको ‘पल्टने जागिर’ गीतको भिडियो सोसल मिडिया युट्युव मार्फत रिलिज गरिएको हो । गीतलाई थोमस राईले एरेञ्ज गरेका छन् ।
गायक माझीले ‘पल्टने जागिर’मार्फत सैनिकको जीवन कथालाई प्रस्तुत गरेका छन् । रुपेश माझीले छायाङ्कन गरेका भिडियोमा गायक माझी र सरला माझी फिचर्ड छन् । साथै अन्य कलाकारहरुमा अमित माझी, कमल माझी, दीनेश माझी, जितबहादुर माझी, रविन मगर, अमृत पंगेनी, सन्तोष गौरी, सुवास बस्नेत, दीपेश चौधरी, माइते माझीलगाएत छन् ।
गीतको भिडियोलाई गायक माझी अफैले निर्देशन गरेका हुन्, भने अर्जुन खड्काले सम्पादन गरेका हुन् । नेपाल इन्टरनेशनल फिल्म एकेडेमीले भिडियोलाई निर्माण गरेको हो ।
[embedded content]यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।
